‘यो मेरो भाडा दिईदिनुस न है’ (रु२० को नोट मेरो अगाडी आइपुग्यो)
हाम्रो टेम्पो पुल्चोक कटेर हरिहरभवन तिर को सडक नाप्दै थियो ।
म कानमा हेडफोन लगाएर संगीतको मजा लिदै थिए।यात्राको क्रममा अक्सर म संगीत मा नै रमाउने गर्छु।
आफ्नो अघिल्तिर पैसा आएपछि पुलुक्क नजर लगाए।
पहेंलो कलरको टि-शर्ट र निलो जिन्स लगाएकी,हल्का कर्ली कपाल वाली।पातलो शरीर अनि निर्दोस मुहार
स्विट एंड सिम्पल ।
पैसा लिएर चालक दाइलाई दिए ।
ट्याम्पो चढिरहने हरुको लागि त यो कुनै बिशेस कुरा हैन तर त्यो दिन बिशेस लाग्यो मलाई।
उनी हरिहरभवनमा ओर्लिन अनि बाटो काटेर पाटन क्याम्पस तिर लागिन ।मेरा नजर बाट ओझेल नपरुन्जेल म उनलाई हेरिनै रहे।
म रत्नपार्क गएर ओर्लिए ।बाटोभरी त्यहि अनुहार आँखामा लिएर ।
***
आरआर क्याम्पसमा मानविकी तर्फ स्नातक तेस्रो वर्षमा अध्यनरत छु म ।
बिहान कलेज सकेर फर्किदा ११ बज्छ आफ्नो इमाडोलमा रहेको डेरामा पुग्न।
म हरेक बिहान लगभग एकै समयमा रत्नपार्कको यात्रा गर्न थालेको पनि ३ वर्ष भएछ ।प्रायजसो त संगीत मै मस्त हुन्छु ।
केहि अनुहारहरु केहि समयसम्म भेटिरहने भए पनि म भने लगभग ३ वर्ष देखिको नियमित यात्रु हु ।
म हरेक बिहान चढने ट्याम्पो ड्राइभर दाईको नाम आसालाल तामांग।
हामी एकअर्का संग परिचत छौ तर नाम ले मात्र ।यति लामो समय सम्म यात्री भएपछि यति चिनजान हुनु नौलो कुरा पक्कै हैन ।
बितेको ३ वर्षमा धेरै यात्रुहरु संगै यात्रा गरियो तर आजको यात्रा फरक भैदियो/
***
भोलिपल्ट आफु सधै चड्ने इमाडोल गाविस भवन रहेको चोकमा गएर ट्याम्पो चढे।
बसिसकेपछि सतर्क भएर चारैतिर हेरे ।त्यो हिजोको केटि आज चढेकी थिईनन।
सायद बाटोमा कतै चढ्नेवाला होला।अनुमान लगाए।
ट्याम्पो राता मकै चोक पुग्यो ।
पहेंलो कुर्तामा उनको आगमन भयो ।
उनको सिट मेरै छेउ मा पर्यो।म अलि चनाखो भएर बसे ।
कानमा हेडफोन थियो तर आज कुनै संगीत बजेको थिएन ।
मेरो ध्यान मात्र हाम्रो कुमहरुले गरिरहको स्पर्शहरुमा थियो ।
ग्वार्को कटेपछि उनले आफ्नो झोला बाट नोटकपि निकालिन ।
मेरो छड्के आखाले पूर्णरुपमा देख्न सकिरहेको थिएकि त्यो समाजसास्त्रको नोट थियो ।
प्रथम बर्सको नोट थियो मलाई चिन्न गार्हो भएन किनकी स्नातकमा मेरो बिषय पनि यही नै हो।
अपरिचित मान्छे संग बोल्नु मेरो लागि त्यति गार्हो काम हैन।मजाले बोल्ने गर्छु जो सुकै संग तर आज उनीसंग बोल्नु अघि मन ढकढक गरिरहेको थियो ।
‘फर्स्ट एर?’ (बल्लतल्ल आवाज निस्कियो )
सुन्धाराको खाल्डाखुल्डीमा ट्याम्पो घचक्क गर्यो।
‘हजुर’ (पुलुक्क हेरी।हेराइमा प्रश्न चिन्ह थियो)
‘फर्स्ट एर हो?’
‘हजुर हो।कसरि थाहा पाउनु भयो ?’
‘म थर्ड एर सेम सब्जेक्ट’
‘पाटनमै हो ?’
‘हैन ।आर आर ‘
‘ए’
पाटन को कृष्णमन्दिर आइपुग्यौं।
‘म सुबोध’ (हात अघि बढाए )
(हात मिलाई ) ‘म अन्जना’
‘भेटेर खुसि लाग्यो’
‘मलाई पनि’
एती भनिसकेर नोट मै ध्यान दिनखोजेकी जस्ती गरिन ।मलाई थप डिस्टर्ब गर्न मन लागेन ।
हरिहरभवन आएपछि बाई भनेर मिठो मुस्कान छोडेर गई।
मोबाइलको प्ले लिस्टमा ठ्याक्कै त्यहीबेला दिपेश किसोर भट्टराईको एकै नजरमा माया बस्यो है बज्यो ।
***
त्यहि दिन,
१०:३० मा कलेज सकेर सरासर घर फर्किए ।अरु दिन प्राय कलेज पछि साथीहरु जम्मा गरेर चिया पिउदै बसिन्थ्यो ।
डेरामा २ हप्ता देखिको लुगा पखालिन मेरो प्रतिक्ष्या गरिरहेको थियो ।
फर्किदा पनि ट्याम्पो नै हो तर फर्किदा फरक फरक ट्याम्पो हुने गर्छ ।
सोचेको त थिईन तर हरिहरभवन आइपुग्न लागेपछि बिहानको बार्तालाप झल्यास्स सम्झिए ।
ट्याम्पो रोकियो/ २ जना यात्रु ओर्लिए अनि अन्जना चढिन।
( अचम्मको भावमा) ‘हे’ ‘फर्किदै तपाई पनि’
‘उम्’
‘हेहे ‘ (चुपचाप मेरो बिपरित तिरको खाली सिटमा बसिन)
ट्याम्पोमा जम्मा ७ जना थियौ ।सबैजना आफ्नो-आफ्नो धुनमा थिए ।
हामी दुई भने संबाद कसले सुरु गर्ला को भावमा एकार्कालाई हेरिरहेका थियौ।
‘सधै यही समय हो फर्किने ?’ ( मौनता त तोडियो तर के प्रश्न गर्या होला भनेर आफैलाई लाज लाग्यो।)
‘किन ? पिछा गर्ने विचार छ ?’
ट्याम्पो लाबिन मल तिर मोडियो ।
‘पिछा गर्न पाईन्छ?’
‘पाइदैन भने ; भने?
‘पिछा गरे भने ?’
‘मेरो दाई ले थाहा पाउनु भयो भने त गार्हो छ त हजुर’
‘गार्हो किन ? तिम्रो दाई पनि कसैको बहिनि को पछि नै लागिरा होला ।निच्च हासे ।
मुख छोपेर आफ्नो हाँसो नियन्त्रण गर्न खोजी।
‘ओमाईगड,तपाई त अत्ति हुनु हुदो रहेछ.के सार्हो।कहाँ बाट आउछन यस्ता कुरा ?’
‘भर्खर त चिनजान हुदैछ ,कुरा निस्किने ठाउँ पनि देखौली नि’ (मैले जिस्क्याउन छोडिन)
कुनै नयाँ केटि संग कुरा गर्दा एतिको आत्माबिस्वास को साथ कुरा गर्न सिकाउने मेरा पछिल्ला दुई ब्रेकअप का अनुभबहरु हुन् ।
‘सट अप , यु आर टु मच’ (मोबाईल निकालेर चलाउन थालिन )
हामी फेरी एकपल्ट पाटनको कृष्ण मन्दिर को दर्शन गर्दै थियौ ।
एकछिन मोबाइल थिचे जस्तो गरेपछि आफै बोलि ।
‘कता बस्नु हुन्छ ?’
‘आज सम्म त डेरा मा नै बस्दै छु’
‘अनि ? कहाँ बस्ने विचार छ र ?’
‘पाए सम्म त कसैको मनमै डेरा जमाउनु हुन्थ्यो नि’
ट्याम्पो ले पाटन सुन्धारा को खाल्डाखुल्डी मा झ्याप्प ब्रेक हान्यो ।उनी म भए तिर हुत्तीइन ।
‘सरि’ (आफुलाई साबिक को स्थानमा सहज गराउदै थिइन)
‘ओ नो ,प्याक हो ?’ (आँखा अलि ठुलो बनाएर हेरे )
‘डफर , मैले हुत्तीएकोले सरि भनेको’
‘भनेसी कुरा पक्का सम्झौ त ?’
‘सम्झन जे पनि पाईन्छ,आफ्नो अधिकारको भरपुर उपयोग गर्नुस।
लु मेरो त ग्वार्को चोक मा काम छ ,ओर्लिए ।’
दाई यहाँ छ है भन्दै बिदा भइन ।म ट्वाल्ल परेर हेरिरहे ।
क्रमश............

COMMENTS