दरवार हाई स्कुल

बि. सं. १८७१-७२ को नेपाल-अंग्रेज युद्धको लगत्तै पछि देखि यूरोपेलीहरुसितको सम्पर्क दिनानुदिन बढ्दै गएकोले भूगोल, इतिहास आदि विषयको साथै अंग्रजी भाषाको ज्ञान, कूटनीतिका रहस्य, राजनीतिका चालबाजी पनि सिक्न अनिवार्य हुँदै थियो । विदेशीहरुको सर्म्पर्कमा आइरहेको निरन्तर वृद्धिको कारणले आधुनिक शिक्षाको महत्व र आवश्यकता महसुस गरिँदै थियो ।

 यसै समय श्री ३ जङबहादुर बि. सं. १९०६ मा भएको बेलायत भ्रमणबाट फर्किए पछि सम्भवतः बेलायतका बासिन्दाहरुको चेतना र चिन्तन, विज्ञान र विकास, स्तर र शिक्षाबाट प्रभावित भई प्रारम्भमा आफ्नै परिवारका छोरा भतिजाहरुलाई प्रारम्भिक शिक्षा प्रदान गर्न बि. सं. १९१० आश्विन २७ गते थापाथलीस्थित आफ्नै दरबारको दाखचोकको भूइँतलामा एउटा स्कूल खोली बैध रुपमा प्रारम्भिक तहको आधुनिक अंग्रजी शिक्षा पढाउने काम शुरुवात गराए । बेलायतमा देखेका स्कुलको अवधारणामा खोलिएको यस स्कूल संचालन गर्न र अंग्रजी भाषा सिकाउन एकजना अंग्रजी शिक्षक 'केन्निङ' लाई बेलायतदेखि नै मगाएर अंग्रेज शिक्षक र स्कूलको प्रथम प्रधान-अध्यापकको रुपमा नियुक्त गरिएको थियो भने सञ्चालन र सुपरिवेक्षण गर्ने जिम्मा Mr. Ross लाई दिईयो ।
बि. सं. १९१५ मा शिक्षा निर्देशकको कार्यालय, शिक्षा विभाग खडा गरि जंगबहादुरबाट आफ्ना माईला भाई जनरल बवरजंगलाई र्डाईरेक्टर नियुक्त गराए पछि बवरजंगकै पालामा दरबार स्कूल प्रारम्भिक तहबाट मिडिल (निम्न माध्यमिक) स्कूल भयो । प्रारम्भमा कक्षाहरु नछुट्याइएको बिद्यालयमा विद्यार्थीहरुको वैयक्तिक योग्यता अनुसार अंग्रजी, गणित, इतिहास पढाइन्थ्यो।
केही समयपछि यो स्कूल थापाथलीबाट चारबुर्जा दरवार अर्थात हालको निर्वाचन आयोग रहेको दरवार, त्यसपछि धीरशमशेरको निवास स्थान जमल स्थित नारायणहिटी दरवार क्यम्प भित्र सानु चोक बैठकमा सारेर त्यहीँ कक्षा दश सम्मको पढाइ पनि चालू गरियो । बि. सं १९४० साल ताका यस स्कूल फेरी सुरुवातकै दाखचोकमा सञ्चालन भयो भने श्री ३ वीर शमशेरबाट यस स्कूललाई जमल स्थित सेतो दरवारको ढोका नजिकको टहरामा सारियो। बि .सं. १९४८ सालमा उनैले हाल स्कुल रहेको स्थानमा नया भवन निर्माण पनि गराएपछि भने स्कूलले बल्ल आफ्नै भवनमा बस्न पायो .

COMMENTS

Name

Health,2,Ncell,1,NTC,1,Politics_king,2,Rabilamichhane,1,Religion,3,Smart Phone,1,Social media,3,Sports,1,Sports_shop,1,Story,1,Technology,5,Tips,1,कथाहरू,6,
ltr
item
kd's Blog Nepal: दरवार हाई स्कुल
दरवार हाई स्कुल
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjZMEy9KPbwDjFuJyKH_ilcWvPnqnFDSRD9c7tYmCgyiNHIZ7FaDSREXYH0jSg1Nzv0lmdOmPnwUOh8Vr97lctDWOWi1fbcFjGncKWeRMMYH_xH1sQK4JjyxJrEgIh0yhta60W1yFMyQfYp/s320/FB_IMG_1579625095378.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjZMEy9KPbwDjFuJyKH_ilcWvPnqnFDSRD9c7tYmCgyiNHIZ7FaDSREXYH0jSg1Nzv0lmdOmPnwUOh8Vr97lctDWOWi1fbcFjGncKWeRMMYH_xH1sQK4JjyxJrEgIh0yhta60W1yFMyQfYp/s72-c/FB_IMG_1579625095378.jpg
kd's Blog Nepal
https://www.kdhital.com.np/2020/01/blog-post.html
https://www.kdhital.com.np/
https://www.kdhital.com.np/
https://www.kdhital.com.np/2020/01/blog-post.html
true
824349394480882367
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content