नेपाल विद्युत प्राधिकरणको पद समाप्त भएपछि कुलमान घिसिङले आज बिदा लिएका छन् । आज एक समारोह आयोजना गरी कुलमान घिसिङलाई बिदा गरेका छन् । अब सरकारले पुनः नियक्ती गरे मात्र उनी पुनः त्यही पदमा आएर काम गर्ने छन् तर हालसम्म सरकार कुलमानलाई पुनः नियुक्ति गर्ने की न गर्ने स्पष्ट छैन । हिजो वर्षमान पुनले ले मन्त्री परिषदको बैठक मा कुलमान लाई पुनः नियक्ति दिने प्रस्ताव प्रधानमन्त्री केपी ओलीले न मिल्ने भन्दै न मानेको थिए । कुलमान को ठाउँमा हितेन्द्र शाक्यलाई नियक्त गर्ने मनसाय राखेको छ ।
नागरिकहरू कुलमानलाई निर्वाध अर्को कार्यकाल कामगर्न दिनुपर्ने पक्षमा दृढ रहे पनि आइतबारदेखि उनी विदा भएका छन् र पुनर्नियुक्तिमा सरकारको उदासीनताले उनको निरन्तरता नहुने संकेत गरिसकेको छ ।
प्रधानमन्त्री र मन्त्रीकै पद अप्रत्यासित रुपमा खुस्किँदा पनि दुःखमनाउ नगर्ने आम नागरिकले एउटा सामान्य सरकारी अड्डाको हाकिम पदावधि सकिएर जाँदा यतिधेरै दुःखमनाउ किन गरिरहेका छन् र कुलमानकै निरन्तरताको माग किन उठिरहेको छ भन्ने तथ्य समीक्षा गर्दा वर्तमान नेपाली मनोदशाबारे एकसाथ धेरै कुरा उजागर हुन्छ ।
दैनिक घण्टौं लोडसेडिङको दुष्चक्रलाई अपत्यारिलो शैलीमा अन्त्य गरेर नेपालीलाई उज्यालो उपहार दिएका कुलमानप्रति देशवासीको अहोभाव र अतिरिक्त अनुरागका अनेक आयाम छन् ।
COMMENTS