कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त गर्ने उर्जा मन्त्रालयको प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीका कारण रोकिएको छ ।
उर्जा मन्त्रालयका तर्फबाट कुलमानलाई नियुक्त गर्ने प्रस्ताव प्रधानमन्त्रीसमक्ष पुगे पनि सोमबारको क्याबिनेटमा यो प्रस्तावले प्रवेश पाएन । सोमबार साँझ बसेको क्याबिनेट बैठकमा कुलमानको विषयमा कुरै नउठेको एक मन्त्रीले जानकारी दिए ।
सूर्य थापा प्रधानमन्त्रीका सल्हाकारका अनुसार अब कुलमान घिसिङ पनि पुनः पद प्राप्त गर्नका लागि प्रतिस्पर्धाबाट नै आउनु पर्ने धारणा राख्छन्। नेकपा प्रवक्ता नारायण काजी श्रेष्ठले सोसियल मीडिया ट्विटरमा कुलमान घिसिङलाई पुनः विद्युत प्राधिकणको नेतृत्व दिनुपर्ने माग गर्दा सूर्य थापाले त्यसको बिरोध गरेका हुन् ।
कुलमान घिसिङ ४ वर्षे कार्यकाल सकेर आइतबार बिदा भएका छन् । २०७३ भदौ २९ मा कार्यकारी निर्देशक नियुक्त भएका कुलमानको ४ वर्षे कार्यकाल सकिएपछि प्राधिकरणमा अबको प्रमुखका रुपमा को आउँछन् भन्ने टुंगिएको छैन ।
स्रोतका अनुसार कुलमानलाई पुनः नियुक्ति गर्न प्रधानमन्त्रीले यसअघिदेखि नै अनिच्छा प्रकट गर्दै आएका छन् । उनले मिडियामा चर्चा गरेका भरमा नियुक्ति नदिने बताउँदै आएका छन् । तर, ढीलै भए पनि प्रधानमन्त्री ओलीले घिसिङलाई नै नियुक्त गर्ने स्रोतको दाबी छ । कुलमानलाई दोहोर्याउन जनस्तरबाट पनि सरकारमाथि दबाव छ ।
तपाईं पनि कुलमान घिसिङलाई पुनः विद्युत प्राधिकणको नेतृत्व गरेको हेर्न चाहनु हुन्छ भने यो लेख सक्दो सेयर गरेर सबैको माझ पुर्याउनु सहयोग गर्नुहोस्।
COMMENTS