दसैँमा कस्तो खानपान गर्ने ? यस्तो छ खाद्यप्रविधि विज्ञको सुझाव

कमल धिताल |

असोज २७, २०७८ बुधबार ६:२४ बजे

काठमाडौँ - नेपाली संस्कारमा चाडपर्वमा मिष्ठान्‍न भोजन गर्ने चलन छ । बडादसैं भन्नेबित्तिक्कै साना बालबालिका पनि 'मिठो खाने, नयाँ लगाउने' सोचले फुरुङ्ग हुन्छन् । साना मात्रै नभइ ठूलाबडामा पनि दसैंमा मिठो खाने, रमाइलो गर्ने सोच हुन्छ । दसैँमा सबभन्दा बढी खपत हुने परिकार मासुजन्य हुन्छ । घरघरमा आ-आफ्नो मौलिक संस्कारअनुसार नेपालीहरूले खसीबोका, च्यांग्रा वा राँगाको बली दिनेगर्छन् । जसमा प्रचुर मात्रामा रातो मासु पाइन्छ 

News

रातो मासु खानु स्वास्थ्यका लागि खासै राम्रो मानिँदैन । रातो मासु अपच भएपछि विभिन्‍न रोग लाग्ने जोखिम हुन्छ । खानपिनकै कारण दसैंलाई दशा बन्‍न नदिन ध्यान पुर्‍याउनुपर्ने हुन्छ । चाडबाडमा चिल्लो, पिरो, अमिलो र बोसोयुक्त खानेकुरा खान मन पराउँछन् । तर, यस्ता परिकार मात्रा नमिलाई खाँदा शरीरलाई हानि गर्ने विज्ञहरू बताउँछन् ।

दसैँमा माछा तथा मासु खानेकुरा सँगै हरियो सागपात र ताजा फलफूल पनि सन्तुलित रूपमा खानुपर्छ । बढी चिल्लो, अमिलो र पिरो खानेकुरा नखाँदा नै राम्रो हुन्छ, आफूले पचाउन सक्ने अवस्था हेरेर मात्र खानेकुरा खानुपर्छ । खाद्यप्रविधि विज्ञबाट नै जानौँ, दसैंमा कस्तो आहारको सेवन गर्नु उचित हुन्छ ।

मासु एक पौष्टिक आहार हो र यसमा अन्य खानेकुरामाभन्दा प्रोटिनको मात्रा बढी हुन्छ । प्रोटिन हाम्रो शरीरका लागि आवश्यक तत्व हो । दसैँमा अन्य समयको तुलनमा मासुको खपत बढी हुने गर्छ । प्राय जसो घरमा एक परिवारको लागि एउटा खसी बोकालगायतका जनावरको प्रयोग हुँदा यसको प्रयोग केही दिनसम्म नै रहन्छ ।

मासुलाई एकपटक पकाएर राखेपछि त्यसमा तापक्रम मिलाएर राख्‍न सक्नुपर्छ । सामान्यतया मासुलाई ७२ डिग्री सेन्टीग्रेटभन्दा माथि वा ७ डिग्री भन्दामुनि राख्नु पर्छ । हामीकहाँ खाद्य सुरक्षाको त्यति अभ्यास रहेको पाइँदैन । कतिपय अवस्थामा एउटै चक्कुले मासु काट्ने तथा त्यही चक्कु राम्रोसँग विना धोइपखाली अन्य खानेकुरासमेत काट्ने गरेको पाइन्छ । यसले विभिन्न रोग निम्त्याउने खतरा रहन्‍छ ।

बजारमा सामान खरिद गर्दा विशेष ध्यान पुर्‍याउनु पर्ने हुन्‍छ । उपभोक्ताले दसैँ तथा तिहार चाडपर्वको बेला खरिद गर्ने सामानमा लेबलको प्रयोग भए नभएको राम्रोसँग हेरेर मात्र किन्नुपर्छ । सुँगुर जस्ता जनावरको मासुमा जुकालगायतका ब्यकटेरिया बढी हुने हुँदा यसको प्रयोगगर्दा राम्रोसँग पोलेर वा पकाएर खाने गर्नुपर्छ । त्यस्तै हरियो सागपातलगायतका फलफुल पखल्दा सफापानीको प्रयोग गर्नुपर्छ ।

सेकुवा बनाउँदा ७५ डिग्रीदेखि ८० डिग्रीसम्म सपूर्ण भाग राम्रोसँग पकाएर मात्र खाने गर्नुपर्छ ।

मासुको चोक्टा ठूलो बनाउँदा राम्रोसँग नपाक्ने हुँदा स-साना टुक्रा बनाएर मात्र खाने गर्नुपर्छ । कुनै पनि सामान किन्दा त्यसको बनेको मिति र सकिने सकिने मिति राम्रोसँग हेरेरमात्र किन्ने गर्नुहोस् । खानापकाउँदा चाहिनेमात्र पकाउने गर्नुहोस् । एकपटक पकाएको खानेकुरा बेला बेला पकाउँदा बिग्रिन्छ ।

दसैँ तथा तिहार जस्ता चाडबाडमा मानिसहरू आफ्नो शरीरलाई बढी आराम गराउने गर्छन् । यसले गर्दा मानिसमा विभिन्न दीर्घकालीन रोग समेत निम्त्याउन सक्नेहुँदा ध्यान पुर्‍याउनु पर्ने हुन्‍छ । दसैँमा मासुसँगै सागपात तथा फलफुलको प्रयोग गर्नुपर्छ यसले गर्दा कब्जियत समस्या हुँदैन । बसेर खानेमात्र गर्दा पनि यसले शरीरलाई फाइदा भन्दा बढी हानि पुर्‍याउने हुँदा व्यायाम अनिवार्य गर्नुपर्छ  । मदिरा तथा ड्रिकको अत्यधिक प्रयोगले समस्या निम्त्याउनसक्ने हुँदा यसको मात्रा मिलाएर मात्र प्रयोग गर्नुपर्छ ।  कब्जियत तथा पाइल्सको समस्या भएका मानिसले माछा मासु प्रयोगका साथै सागपात तथा फलफुलको प्रयोग गर्दा समस्या कम हुन्छ ।

 

'तारेको, भुटेको तथा बढी मसालेदार खान एकैपटक खानु हुँदैन'

भिमप्रसाद पुलामी, ​खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अधिकृत

दसैँमा मासुसहित चिल्लो र मसलेदार परिकार धेरैको भान्सामा बन्ने गर्छ । अरू वेला काम र कसरत गर्ने व्यक्ति दसैँमा अल्छी भएर घरमै बस्ने गर्छन् ।  असरदार खाना, त्यसमा पनि व्यायामको कमीले स्वास्थ्यमा हानि निम्त्याउन सक्छ । माछा मासु जस्ता मसालेदार खानेकुरा प्रयोग गर्दा एकैपटक खानु भन्दा पनि पटक-पटक खाने बानी गर्नुपर्छ । फाइबर बढी भएका फलफुलको तथा सागपातको प्रयोग बढाउनुपर्छ । यसले पाचन प्रणालीलाई काम गर्न सजिलो बनाउँछ ।

मासुखाँदा पाचन प्रणालीलाई अप्ठ्यारो बनाउने खानेकुराहरूको प्रयोग गर्नुझन् हानिकारक हुन जान्छ । तारेको भुटेको तथा बढी मसालेदार खान एकैपटक खानु हुँदैन । पकाएर राखेको मासुलाई पटक पटक पकाएर प्रयोग गर्नु हुँदैन । माछा मासु जस्ता खानेकुरा पटक पटक पकाउँदा बिग्रनेहुँदा चहिनेजति मात्र पकाएर राख्नुपर्छ ।दसैँमा गाँउघरमा खसीबोकाको खुट्टा पोलेर लामो समयसम्म राखेर खाने गरेको समेत पाइन्छ । यसरी राखेको मासुलाई राम्रोसँग पोलेर सुख्खा ठाउँमा राख्दा खानयोग्य हुन्छ । बच्चाहरू खान भनेपछि हुरुक्कै हुने हुँदा बिरामी हुने गरेको धेरै सुनिन्छ । बच्चाहरूको खानामा विशेष ध्यान पुर्‍याउनु पर्छ । दसैँमा मानिसहरूले चिसो पेय पदार्थले पाचन राम्रो गराउने भन्दै प्रयोग गरको समेत देखिन्छ । बजारमा पाहिने चिसो पेय पदार्थमा १२ प्रतिशत सुगर हुने हुँदा यसले तौल बढाउने गर्छ । चिसो पेय पदार्थभन्दा शुद्ध पानी प्रयोग गर्नु कयौं गुणा हितकर हुने गर्छ । फाइबर बढी भएका फलफुलको प्रयोग तथा सागपात बढी प्रयोगले शरीरलाई फाइदा गर्छ ।

COMMENTS

Name

Health,2,Ncell,1,News in Media,8,NTC,1,Politics_king,2,Rabilamichhane,1,Religion,3,Smart Phone,1,Social media,3,Sports,1,Sports_shop,1,Story,1,Technology,5,Tips,1,कथाहरू,6,
ltr
item
kd's Blog Nepal: दसैँमा कस्तो खानपान गर्ने ? यस्तो छ खाद्यप्रविधि विज्ञको सुझाव
दसैँमा कस्तो खानपान गर्ने ? यस्तो छ खाद्यप्रविधि विज्ञको सुझाव
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiSc8FthSVvMT2X36I5cDU4winIXOlRuGqkAaM7H3V_iBuhGaDbGk2HuzEY2zD-_ronrnZqmHHvSfPNt0V5_Y9rZj54agS7bZiwuD_bDjFCZvVUuIHvFfnEj_gBlrokEt4f5bO3TeJi7Z6J3XyMtP7S_bkrf4liqN1ftMhsbebIPu8eEafsogf3UJc6Ip_S/w640-h382/matina_joshi_RNDIBIkQkO.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiSc8FthSVvMT2X36I5cDU4winIXOlRuGqkAaM7H3V_iBuhGaDbGk2HuzEY2zD-_ronrnZqmHHvSfPNt0V5_Y9rZj54agS7bZiwuD_bDjFCZvVUuIHvFfnEj_gBlrokEt4f5bO3TeJi7Z6J3XyMtP7S_bkrf4liqN1ftMhsbebIPu8eEafsogf3UJc6Ip_S/s72-w640-c-h382/matina_joshi_RNDIBIkQkO.jpg
kd's Blog Nepal
https://www.kdhital.com.np/2021/10/blog-post_13.html
https://www.kdhital.com.np/
https://www.kdhital.com.np/
https://www.kdhital.com.np/2021/10/blog-post_13.html
true
824349394480882367
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content