सम्झिन्नस अचेल उसलाई ?" 'अँह सम्झन्न

"सम्झिन्नस अचेल उसलाई ?" 'अँह सम्झन्न ।' "झुट नबोल के । तेरो जिब्रोले झुट बोलेपनि तेरा आँखाहरुले प्रष्ट बोलिरहेका छन,सम्झन्छस कि सम्झन्नस भन्ने।" 'सम्झेर के गर्नु , सम्झन्छु भनेर चाहि के गर्नु ? आफ्नो बाटो रोजेर जानेलाई ?' "कुराकानी हुन्न अचेल ? बोलाउँदैनस ? उसले बोलाउँदिन ?" ' हुन्छ कहिलेकाही । उसैले बोलाउँछे । कुराकानी नि हुन्छ तर खै पहिलाजस्तो केही हुँदैन । त्यही सन्चो बिसन्चो , यस्तै । औपचारिकता जस्तै । म बिना नि कति धेरै खुसी देख्छु अनि मलाई चाहि बोलाउन मन लाग्दैन ।' " खै यार अचम्म लाग्छ तिमीहरु कसरी छुटियौ, तँ उसैको लागि अनि ऊ तेरै लागि बने जस्तै लाग्थ्यो। " ' हेहे... सोचेजस्तो कहाँ हुन्छ र साथि सम्बन्ध । एउटाले आफ्नो पुरै दिँदा अर्कोले दिन नसक्ला , एकको कुरामा अर्को सहमत हुन असक्ला, मनमा भएको कुरा पनि मन दुख्ला भनेर भन्न नसक्ला।

हामी बाहिर देख जस्तो कहाँ थियौँ र झगडा सधैँको ,साना साना कुरामा घन्टौँ लामो बाझाबाझ । कहिलेकाही सबै सही भएर नि सही भइरहेको हुँदैन नि । सधैँ कहाँ झेल्न सकिने रहेछ र न त मैले न त उसले ।' " कमेन्ट ,रियाक्ट देखिराख्छु त उसको मा पनि अनि तेरोमा उसको पनि।" 'फेसबुकका कमेन्ट र रियाक्टमै सबै कुरा सही हुन्छ भन्ने हुँदैन नि यार। छोड यी कुरा तँ बुझ्दैनस् ।' "अरु कोहि मन पर्न थाल्यो र तँलाई ?" 'नहँसा न यार । बोल्न छोडेको मात्र हो बिर्सिएको होइन , दर्शाउन छोडेको मात्र हो प्रेम गर्न छोडेको होइन, भन्न छोडेको मात्र हो याद गर्न छोडेको होइन लुकाउन थालेको मात्र हो उसलाई सम्झेर रातहरु अनिद बिताउन छोडेको होइन । मन त पर्ला माया तलाग्ला तर ऊ जसरी पर्दैन होला अरु। पहिलो प्रेम हो नि त । तँलाई नि कुनै दिन प्रेम होस अनि थाहा पाउने छस ' "सक्छस यसै गरी कटाउन , उबिना? के सोचेको छस त ? " ' चाहाना त के के थियो के के । उसँग का सपना नि के के थिए के के । चहाँदैमा कहाँ पुरा हुँदो रहेछ र ? खुसी नै देख्छु खुसी नै रहोस ऊ सधैँ मलाई पनि त आउला नि कोहि मैले उसलाई चाहे जस्तै गरी चाहने । यो दिन पनि कटि जाने छ । ' "सक्दिन यार म तँसँग ।" बोल्दा बोल्दै दुइ कप चिया सकिन्छ । ऊ उठेर बाइक स्टार्ट गर्छ र जान्छ ! मलाई फेरी बिगतले झस्काइदिन्छ 😅❤️❤️❤️ ए "र*डी" उठ्..! एक कप "चिया" खान पनि मैले आफै बनाएर खानु पर्ने हो? एका बिहान "श्रीमान" को गाली ले "उनको" निद्रा खुल्यो राती सुत्ने बेलामा "I Love You" बुढि भन्दै खोलीएका "लुगा" खोज्न थालिन उनि अनि मिलाएर लगाइन...! उनी "श्रीमान" को लागी "चिया" बनाउन थालिन... होईन कस्ती अल्छि "बुहारी" परिछ मेरी त बिहान उठेर "घर" पनि "सफा" नगर्ने, "सासु आमा" पनि उठ्नु भएछ, उनले पत्तो पाइनन उनी "श्रीमान" लाई "चिया" बिस्तारामै पुराएर घर सफा गर्न तिर लागीन...!!! ए "बुहारी" एक कप "चिया" खान पनि मैले तिमीलाई "चिट्ठी" नै लेख्नु पर्ने हो??? "ससुरा बुवा" को बोली सुन्ने बित्तिकै उहा लाई पनि "चिया" दिइन...!!! तेस पछी "खाना" खाने सुर सार भयो, सबै जना ले खानु भयो अनि उनले पनि खाइन, ताकी दिन भर "घर" को सेवा र "अफिस" को काम गर्नु सकु भनेर...!!! "घर" को "काम" सकेर उनी "अफिस" तिर लागीन "अफिस" को काम सकेर उनि "घर" आइन "अफिस" को लुगा फेरेको नि छैन - "सासु" आमा लाई चिया चाहियो रे...!!! तुरुन्तै उहा लाई चिया दिइन तर थाकेको "सुर" मा "चिनी" हाल्न बिर्सिएछिन...!!! अनि सुरु भयो उनको "बाबा", "ममी" अनि "दाइ" हरु को नाम लिएर उनलाई "गालि"। उनि चुप चाप उहा को गाली सुनेर बसिन आखिर के नै गर्न सक्थिन र उनि...!!! "चिया" मा "चिनी" हाल्न याद नगर्नु मेरो नै गल्ती हो भनेर चुपचाप "गालि" सुनेर बसिन...!!! तेस पछी बेल्का को "खाना" बनाइन "तातो तातो" खाना सबै जना लाई खान दिईन अनी आफु ले पनि खाइन...!!! "घर" को काम - "अफिस" को काम गरेर पुरै थाकेकी थिइन उनि, मेरो पनि ज्यान हो, कुनै मेसिन त होइन नि भनेर सोच्दै काम सिध्याइन अब त मेरो "ज्यान" लाई आराम हुन्छ भनेर जब "बिस्तार" मा मा पल्टेकी मात्र के थिइन "श्रीमान" ले उनलाइ आफु तिर तान्यो र उनको "कपडा" खोल्दै भन्यो "I Love You बुढि"...!!! उनले बग्नै थालेको "आशु" रोकेर हात बलियो पारेर बल्ल बल्ल सकी नसकी ओठ मा फिका मुस्कान ल्याईन अनी भनीन I Love You Tooo...!! यो उनको बाध्यता भनौँ या लाचारी। ऊनी विवश छिन् सहेर बस्न । सम्बन्ध जोगाउन नारीले मात्र बलिदान दिनुपर्ने चलन आखिर कहिले सम्म??

COMMENTS

Name

Health,2,Ncell,1,NTC,1,Politics_king,2,Rabilamichhane,1,Religion,3,Smart Phone,1,Social media,3,Sports,1,Sports_shop,1,Story,1,Technology,5,Tips,1,कथाहरू,6,
ltr
item
kd's Blog Nepal: सम्झिन्नस अचेल उसलाई ?" 'अँह सम्झन्न
सम्झिन्नस अचेल उसलाई ?" 'अँह सम्झन्न
https://blogger.googleusercontent.com/img/a/AVvXsEgyPZttBAsa9ZSPt1dUK-j16FImckzdF6_IFSO7m5G_F_JXYvO-WnW1KamLO18vqFocSyteo8g2IzQln62yetKsOlh4dq9cI2_nlGokkfcrAfg3Dp7O8XwfD3rQHDFeqzP3ncreMrGyReoqSrGWkNHgYtEq2OfeqAcsUt5JXdOiyfyIX5Y30t2t1StDbA=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEgyPZttBAsa9ZSPt1dUK-j16FImckzdF6_IFSO7m5G_F_JXYvO-WnW1KamLO18vqFocSyteo8g2IzQln62yetKsOlh4dq9cI2_nlGokkfcrAfg3Dp7O8XwfD3rQHDFeqzP3ncreMrGyReoqSrGWkNHgYtEq2OfeqAcsUt5JXdOiyfyIX5Y30t2t1StDbA=s72-c
kd's Blog Nepal
https://www.kdhital.com.np/2021/12/blog-post.html
https://www.kdhital.com.np/
https://www.kdhital.com.np/
https://www.kdhital.com.np/2021/12/blog-post.html
true
824349394480882367
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content