टिकटकबाट कसरी कमाउँछन् ?

 

कस्तो छ टिकटकबाट कमाउने प्रावधान ?

कमल धिताल |

असोज १६, २०७८ शनिबार १८:२७ बजे

काठमाडौँ- २०१७ देखि अन्तर्राष्ट्रिय बजारमा पाइला टेकेको टिकटक एप सार्वजनिक भएको छोटो समयमै लोकप्रिय तथा धेरै भिडियो हेरिने साइटभित्र पर्‍यो । भर्खरैमात्र टिकटकका सक्रिय प्रयोगकर्ता एक अर्ब पुगेका छन् । गुगल प्ले तथा एप स्टोरमा सर्वाधिक डाउनलोड हुने एपमा रहेको छ ।  १५ सेकेन्डको भिडियोका अभिनय गरेर राख्न मिल्ने यो एपमा नेपालमा उत्तिकै लोकप्रिय रहेको छ । यसको गिफ्टकै आधारमा एक करोडसम्म कमाई गरेको भन्दै समाचारसमेत आएको छ । कसरी हुन्छ त यसबाट कमाइ ? कसरी यसबाट कमाउन सकिन्छ त ?

टिकटकको सुरुवात

टिकटकको सुरुवात भएको २०१८ देखि भएता पनि यसको पृष्टभूमि भनेले २०१४ तिर पुर्‍याउँछ । अरु कम्पनीजस्तै टिकटक आवश्यकताको आधारमा स्थापना भएको भने होइन । टिकटक सुरुवात अमेरिकन कम्पनी म्युजिकल्लीबाट सुरु भएको हो । सार्वजनिक भएको केही समयमै यो लोकप्रिय हुन पुग्यो । त्यसको दुई वर्षपछि चिनियाँ कम्पनी बाइट डान्सले म्युजिकल्ली जस्तै डुयीन नाम गरेको एप सार्वजनिक गर्‍यो ।

चीन लक्षित डुयीन एपले चीनमा लोकप्रियता हासिल गरेसँगै थाइल्यान्डमा समेत गरेर यो एपको प्रयोगकर्ता १० करोडभन्दा धेरै भएपछि २०१७ मा बाइट डान्सले म्युजिकल्ली एपको स्वामित्व किन्यो । डुयीनको लोकप्रियतासँगै बाइटडान्सले यसको अन्य देशमा सार्वजनिक गर्न एक सजिलो ब्रान्ड नाम चाहिएको थियो । म्युजिकल्लीको स्वामित्व हात परेपछि उसले अन्य राष्ट्रका लागि भनेर २०१८ टिकटक नाम जुराएर सार्वजनिक गरेसँगै टिकटक क्रमश सफलताको शिखरतर्फ लम्कदै हालसम्मको अवस्थामा आइपुगेको हो ।

छोटो समयमै लोकप्रिय

टिकटक आएको केही समयमै पुरै विश्वमा लोकप्रिय एप बन्यो । टिकटक लोकप्रिय हुनुमा यसको १५ सेकेन्डको म्युजिक नै मुख्य हो । यसको म्युजिक अल्गोरिदम नै यसको बरदान साबित हुन पुग्यो । यसमा प्रयोगकर्ताले आफूले चाहेको म्युजिक प्रयोग गरी एक्टिङ्ग गर्न सक्छन् । प्रयोगकर्ता आफैंले यसमा म्युजिक राख्न मिल्नेजस्ता सुविधाले यस एपलाई लोकप्रय बनाउन सफल भएको हो । साथै प्रयोगकर्ताको चाहानाअनुरुप यसमा थप विशेषता थप्दै जाँदा यसले हालसम्म आफ्नो लोकप्रियता टिकाइरहेको छ । लोकप्रियता कायम रख्न यसले एपको अल्गोरिदममा विभिन्न परिवर्तन गर्दै आएको छ ।

लोकप्रियतासँगै विवादित

टिकटक एप लोकप्रियमात्र रहेन बेला बेला विवादितसमेत बन्न पुग्ने गरेको छ । चिनियाँ एपले डाटा चोरी गरेको भन्दै केही राष्ट्रले यसलाई प्रतिबन्धसमेत लगाए । भारतले सुरुमा सन् २०१९ को एप्रिलमा एक अदालतको आदेशमा छाडा यौन क्रियाकलाप प्रदर्शन गरेको भन्दै टिकटकमा प्रतिबन्ध गरेको थियो । पछि यो निर्णय उल्टिएको थियो । पछि भारत सरकारले २०२० जुनमा चिनियाँ एपले डाटा चोरी गरेको आरोपमा टिकटकसहित करिब २०० एपलाई प्रतिबन्ध गरेको थियो । हालसम्म पनि यो प्रतिबन्ध कायमै छ ।

त्यस्तै अमेरिकी ट्रम्प प्रशासनका अधिकारीहरुले टिकटकको मालिक रहेको चिनियाँ कम्पनी बाइटडान्सलाई अमेरिकाको सञ्चालन र व्यवस्थापनको जिम्मा अमेरिकी कम्पनीलाई बेच्नुपर्ने भन्दै दबाब दिँदा पनि बाइटडान्सले नमानेपछि प्रतिबन्ध खेप्न परेको थियो । डोनाल्ड ट्रम्पले अमेरिकी कम्पनीलाई स्वमित्व बिक्रीका लागि पटक पटक अल्टिमेटम दिँदासमेत नबेचेपछि प्रतिबन्ध लगाएको थियो । ट्रम्पको ह्वाइटहाउसबाट बर्हिगमन र जो बाइडेनको आगमनले अमेरिकामा टिकटक प्रतिबन्ध फुकुवा भएको थियो । कतिपय राष्ट्रमा हाल पनि टिकटक प्रतिबन्धित रहेको छ ।

कुरा नेपालको

टिकटक नेपालीमाझसमेत अत्यधिक लोकप्रिय एप हो । टिकटक यतिसम्म लोकप्रिय छ कि यसकै लागि भनेर एक्टिङ्ग गर्दा हालसम्म कतिले ज्यानसमेत गमाउनु परेको छ । टिकटक बनाउने क्रममा सेती नदिले एक युवतीको ज्यान गयो । दाङका एक युवाले झोलुंगे पुलबाट खसेर ज्यान गुमाए । यसरी लोकप्रिय एपकै लागि भनेर कतिले आफ्नो ज्यानसमेत गुमाएका छन् । त्यस्तै केही दिनयता नेपालका केही मिडियाहरूले टिकटकमा लाइभ बसेर करोडभन्दा बढी रकम कमाएको भन्दै समाचार प्रकाशित गर्न थालेका छन् । आफूले टिकटक लाइभमा बसेर गाडी किने र जग्गा किने भन्दै युट्युबतिर अन्तर्वार्ता दिंदै हिडेकासमेत छन् ।

कलाकारसमेत पैसाको लागि लाइभमा

केही दिनअघि धनगढीका अंशु बर्माले टिकटकमा लाइभ बसेर एक करोड भन्दा बढी कमाएको भन्दै केही युट्युबरलाई अन्तर्वार्ता दिएका थिए । उनको सो अन्तर्वार्ता भाइरल भएपछि नेपालमा टिकटक लाइभमा बसेर पैसा कमाइने लोभमा कलाकारसमेत देखिन थालेका छन् । मोडल गरिमा शर्मा, श्रेया सिटौला, उषा उप्रेतीलगायत कलाकार तथा फिल्म निर्माता जयकिसन बस्नेत गायिका रचना रिमाल, एलिना चौहान, समीक्षा अधिकारी, प्रताप दाससमेत लाइभमा देखिने गरेका छन् । यसबाट उनीहरूले लाखौं कमाउने गरेका बताउदै आएका छन् । हालै टिकटकबाट उदाएका पुण्य गौतमसमेत पैसाकै लागि दिनरात लाइभमा देखिन्छन् । उनी प्रयोगकर्तासामु गिफ्टको लागि अनेक हर्कत गर्दै लाइभ बस्ने गरेका छन् । 

कमाउन सकिन्छ त टिकटकबाट ?

टिकटकबाट पैसा कमाउन सकिन्छ यसको लागि तपाईंले यसको केही नियमहरू पालना गर्नुपर्छ ।  टिकटकबाट आम्दानी गर्न सामान्यतय तीन विकल्प रहेको छ ।

. ब्रान्डको प्रचारबाट

यसको विकल्पको लागि तपाईंसँग उल्लेख्य फलोवर्स हुन जरूरी हुन्छ । टिकटकबाट कुनै पनि ब्रान्डको प्रचार गरेर आम्दानी गर्न सकिन्छ । जति धेरै फलोवर्स भयो त्यति नै बढी यसबाट आम्दानी हुनसक्छ ।

. टिकटक मोनेटाइज

टिकटक मोनेटाइज केही देशमा भर्खरै सुरु गरेको छ । यसका लागि टिकटक अकाउन्टमा १० हजार फलोवर हुनुपर्छ । भिडियो क्रिएटर्स १८ वर्ष पूरा भएको तथा टिकटकमा राखिएको भिडियो १ महिनामा १ लाख पटक हेरिएको हुनुपर्छ । यति पूरा गरेपछिमात्र टिकटक मोनेटाइजको लागि एप्लाई गर्न मिल्छ । टिकटक मोनेटाइज नेपालबाट भने गर्न मिल्दैन अमेरिका तथा युरोपमा मात्र यो सुविधा रहेको छ । टिकटक मोनेटाइज युरोप र अमेरिकाबाहेक अन्य राष्ट्रमा हालसम्म मिल्दैन ।

. टिकटक लाइभ

टिकटक लाइभ माथिका अन्य विकल्पभन्दा सजिलो तरिका हो । टिकटक लाइभ बस्नका लागि यसको प्रयोगकर्ताको अकाउन्टमा हजार फलोवर्स हुनुपर्ने नियम छ । १ हजार फलोवर्स भएपछि टिकटकमा लाइभ बस्ने मिल्ने सुविधा उपलब्ध हुनेछ । यसमा लाइभ नै टिकटकबाट आम्दानी गर्ने एक सजिलो उपाय हो ।

लाइभमा कसरी कमाइ हुन्छ ?

टिकटक लाइभमा कमाइ हुने भनेको लाइभ बस्दा प्रस्तोतालाई प्रयोगकर्ताले गिफ्ट दिने गर्छन् । गिफ्ट दिँदा प्रस्तोतालाई आउने गिफ्टलाई डलरमा परिवर्तन गरी सो डलर झिक्न सकिन्छ । यो नै मुख्य कमाइ गर्ने माध्यम हो । लाइभ हेर्नेले खुसीले दिएका गिफ्ट नै प्रस्तोताको आम्दानीको एक प्रमुख माध्यम हो । नेपालमा लाइभ बस्नेले गर्ने कमाइ पनि सोहीअन्तर्गत रहेको छ ।

कसरी दिने गिफ्ट ?

गिफ्ट दिनको लागि सर्वप्रथम क्वाइनको आवश्यकता पर्छ । क्वाइनको लागि तपाईंले  डलरकार्डको माध्यमबाट अकाउन्ट रिचार्ज गर्नुपर्ने हुन्छ। नेपालमा हुनुहुन्छ भने हालसालै मात्र नेपाल राष्ट्र बैंकले डलरकार्डको सुरुवात गरेको छ । हाल नेपालमा वार्षिक पाँच सय डलरसम्म खर्च गर्न सकिन्छ । रिचार्जका १.०९ डलरको ७० क्वाइन पर्छ भने १७ हजार ५ सय क्वाइनको २ सय ४३ डलर रहेको छ । गिफ्ट दिँदा यही क्वाइनको प्रयोग हुन्छ । गिफ्ट दिन लाइभ रहेको अकाउन्टमा गएपछि तल देखिने मेनुमा जानुपर्छ ।

किन दिइन्छ गिफ्ट ?

जब प्रस्तोता लाइभमा आएर बोल्न थाल्छन् त्यसपछि गिफ्ट दिनेहरू देखिन्छन् । गिफ्ट दिनेहरूको स्वार्थ भनेको प्रस्तोताले गिफ्ट दिनेको अकाउन्ट अगाडि ल्याएर फलोवर्स बढाउनु हो । टिकटक लाइभमा लाइभ हेर्नेहरूको अकाउन्टलाई अगाडि ल्याउन प्रस्तोताले गिफ्ट दिनेहरूलाई अगाडि ल्याएर गिफ्ट दिनलाई प्रोत्साहित गर्छन् । कतिपय प्रस्तोताले गिफ्ट दिनुहोस् फलोवर्स बढाइदिन्छु भनेर मागेकोसमेत देखिन्छ । गिफ्ट दिनुको मुख्य उद्देश्य फलोवर्स बढाउनु हो । नेपालबाट लाइभ बस्नेहरूलाई प्राय: विदेशबस्ने नेपालीहरूले गिफ्ट दिने गरेको देखिन्छ । गिफ्ट दिनु तपाईंको खुसीको कुरा भएता पनि यसरी आफूले विदेशी भूमिमा रगत पसिना बगाएर कमाएको डलर केही फलोवर्सको लोभमा भर्चुअल गिफ्ट पठाउनु बुद्धिमानी हाे या हाेइन, याे बहसकाे विषय बन्न सक्ला ।

COMMENTS

Name

Health,2,Ncell,1,News in Media,8,NTC,1,Politics_king,2,Rabilamichhane,1,Religion,3,Smart Phone,1,Social media,3,Sports,1,Sports_shop,1,Story,1,Technology,5,Tips,1,कथाहरू,6,
ltr
item
kd's Blog Nepal: टिकटकबाट कसरी कमाउँछन् ?
टिकटकबाट कसरी कमाउँछन् ?
https://ekagaj.com/media/uploads/2021/10/02/tiktok-live_zqGEWjTFOE.jpg
kd's Blog Nepal
https://www.kdhital.com.np/2024/10/blog-post.html
https://www.kdhital.com.np/
https://www.kdhital.com.np/
https://www.kdhital.com.np/2024/10/blog-post.html
true
824349394480882367
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content